Interview with Pastor Hari Pradhan by Sarju Rijal | Print |  E-mail

क्वाइनोनिया चर्च बालाजुमा विगत केही वर्षहरूदेखि लगातार आइटीनका पाठ्यक्रमहरू जवान संगति, दिदीवहिनी संगति, अगुवा संगति र घरेलु संगतिमा समूह-समूहमा अध्ययन हुँदै आएका छन्। आइटीन पाठ्यक्रम अध्ययनरतहरूबाट मण्डलीमा कस्तो र कुन कुन क्षेत्रमा प्रभाव परेको छ? क्वाइनोनिया चर्चका पास्टर हरी प्रधानसँग सर्जु रिजालले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।

 

· तपाईंले कति सालमा ख्रीष्‍ट येशूलाई पाउनुभयो? कसरी?

सन् १९८७ मा विश्वास गरेको हु। मैले घरपरिवारमा आमाबाट नै प्रभुलाई विश्वास गरेको हुँ। म ड्रगको कुलतमा लागेको थिएँ त्यहि बेलादेखि नै ख्रीष्टलाई चिन्‍ने मौका पाएँ। मेरो परिवारमा मेरो आमाले पहिला विश्वास गर्नुभएको थियो।

 

· तपाईंले चर्चमा सेवा गर्न लागेको कति वर्ष भयो?

मैले क्वाइनोनिया बालाजु मण्डलीमा सेवाकाइ गर्न थालेको सन् १९८९बाट हो। सुरुमा मैले प्रचारकको रुपमा सेवकाइ गर्न थालें। मुख्य अगुवाको रुपमा सेवा गरेको पन्ध्र वर्ष हुंदैछ। अहिले पांच वर्षभयो, पाष्टर अभिषेक भएर मण्डलीमा सेवा गर्न थालेको।


· आइटीनलाई मण्डलीमा कसरी बुझ्नुभएको छ अथवा कस्तो भूमिका रहेको छ?

आइटीन मण्डलीको लागि महत्वपूर्ण छ मण्डलीका अगुवाहरू र विश्वासीहरूको लागि यो आवश्यक पनि देखिएको छ। उनीहरूको सेवाकाइद्वारा मण्डलीमा धेरै ठूलो टेवा र सहायता पुग्छ। जस्तै दिदी बहिनी संगतिमा, दाजुभाइ संगतिमा र जवानहरूको संगतिमा यसको महत्व छ यसले गर्दा मण्डलीलाई फाइदा भएको छ।

 

· क्वाइनोनिया मण्डली बालाजुमा अध्ययन हुनलागेको कति समय भयो?

हाम्रो मण्डलीमा आइटीनका पाठ्यक्रम अध्ययन हुन लागेको लगभग ३ वर्ष हुंदैछ। यहां ६/७ वटा समूहमा अध्ययन भएको छ। आइटीनले तोकेको संख्या भन्दा समूहमा बढी नै अध्ययनरत छन्। धेरैले समूहमा यो पाठ्यक्रम अध्ययन गरिरहेका छन्।

· आइटीनका पाठ्यक्रम अध्ययनरतहरूको जीवनमा र मण्डलीमा केही परिवर्तन देख्‍नुभएको छ?


अध्ययनबाट सिके अनि जाने र बुझेको कुरा उनिहरूले आफ्नो जीवनमा लागू गर्न सकेका छन्, बोल्ने कुरामा, मण्डलीमा सिकाउने कुरामा मण्डलीलाई धेरै ठूलो सहायता पुर्‍याएको छ। जस्तै घरेलु संगति सञ्चालन गर्ने कुरामा र बचनबाट सिकाउने कुरामा उनीहरूले धेरै ठूलो सहायता पाएका छन्।

उनीहरूले घरेलु संगति, झुण्ड संगतिमा, वचन बोलिदिने, प्रार्थना संगतिमा अगुवागरिदिने धेरै कुरामा सहायता पुर्‍याएकन्

 

· अध्ययनरतहरूको व्यक्तिगत जीवनमा केही परिवर्तन देख्‍नुभएको छ

अध्ययनले उनीहरूमा प्रभुप्रतिको समर्पण बढाएको छ।समयको महत्व बुझेका छन्।सेवा गर्ने बोझ थपिएको छ। मण्डलीप्रतिको जिम्मेवारीलाई थाहा पाएका छन् र मण्डलीमा सेवा पुर्‍याएका पनि छन्।

· मण्डलीमा आइटीनका पाठ्यक्रम अध्ययन हुँदा तपाईंलाई के कुरा सबैभन्दा राम्रो लाग्यो ?

आइटीनक सामग्रीहरू र सिक्ने-सिकाउने तरिका धेरै राम्रो छ। विद्यार्थीहरूले सिकेको कुरा व्यवहारिक छ। सिक्नु पर्छ र छलफल गर्नुपर्छ भनी तयार भएर बस्ने बानी राम्रो छ। अध्ययनको लागि समय दिने कुरा गरेको राम्रो छ

 

· मण्डलीमा आइटीनलाई कसरी हेर्नुभएको छ र भविष्यकोलागि केही सोच्नुभएको छ?

आइटीनको अध्ययन गराउने तरिका राम्रो र अति आवश्यक हाम्रो मण्डलीको सबैले लिनुपर्छ भन्‍ने मेरो धारणा समग्रमा भन्‍नुपर्दा तालिम लिनुपर्छ र मण्डलीको लागि आइटीनका पाठ्यक्रम अध्ययन गराउन आवश्यक छ।अरु शाखा, झुण्ड मण्डलीका अगुवाहरूलाई तालिममा पठाउने निर्णय भएको छ। विश्‍वासीहरूले अध्ययन गरून् भन्‍ने उद्देश्य छ।

 

· आइटीनलाई आर्थिकरुपमा स्वावलम्बी बनाउनलाई के गर्नुपर्ला केही सुझाबहरू छन् कि?

तालिम लिएका मण्डलीहरूले पनि सहयोग गरे भने राम्रो होला।

 

· नेपालभित्र र नेपाल बाहिर भएका चर्चहरूलाई आइटीनको बारेमा केही भन्‍न चाहनुहुन्छ?

आइटीनले मण्डलीहरूको लागि राम्रो तालिम दिन्छ विशेष गरी अगुवा र विश्‍वासीहरूको लागि।जो चाहि बाहिर गएर लामो समय लगाएर पढ्न सक्दैनन् उनीहरूको लागि एउटा असल सुविधा सहितको मौका हो।जसले उनीहरूले सिकेर मण्डलीलाई सिकाउन सक्छन्।मण्डलीलाई धेरै नै सहायता पुर्‍याउन सक्छन्।त्यसकारण यसले पाष्‍टर अनि अन्य अगुवाहरूलाई धेरै नै सहायता पुर्‍याएको छ विश्‍वासीहरूलाई उत्साहित बनाउन र प्रभुप्रति समर्पण हुन सहायता पुर्‍याउँछ।

मण्डलीमा अगुवाहरू निर्माण गर्ने कुरामा आइटीनले आजको मण्डलीमा भूमिका खेल्न सक्छ।