ITEEN Chautari
देश परिवर्तन गर्ने कसले? PDF  | Print |  E-mail

नेपाल देश आज परिवर्तनको संघारमा यता न उता भएर अड्कीएको छ। सकारात्मक परिवर्तन मार्फत देश अगाडि बढ्नु पर्ने हो। जनताले चुनेर नेताहरू पठाए तर विपरीत लक्ष्य राख्‍ने नेताहरूले राष्‍ट्रलाई आज दुईमुखे सर्प जस्तो यता न उता पारेर अलपत्र पारेका छन्।

हामी ख्रीष्‍टियनहरू यस देशमा पछिल्ला ५० वर्षदेखी सक्रिय छौं तर आफैलाई नचिन्दा हाम्रो परिवर्तन गर्ने जिम्मा अरूलाई दिएर ६०१ मा एकजना पनि ख्रीष्‍टियन जान सकेनौं।

परमेश्‍वरले हामीलाई यस्तै नामर्दीपन देखाउन छान्‍नु भएको होइन। वास्तवमा अझै पनि देशलाई सकारात्मक दिशातर्फ परिवर्तन गराउने जिम्मा हाम्रै हो। गत ख्रीष्‍टमसको समयमा देशभरी विभिन्‍न कार्यक्रमहरू गरिए र थुप्रै राजनैतिक नेतालाई बिन्तिभाउ गरी कार्यक्रममा बोलाइयो। ती नेतामध्ये धेरैले त बुझिसकेका रहेछन्। अब देश बनाउने कुनै शक्ति छ भने त्यो ख्रीष्‍टियन मण्डली हो।

ख्रीष्‍ट येशू यस संसारमा रहँदा पनि उहाँका चेलाहरू साधारण मानिस भएकाले आफैलाई धेरै निम्न स्थानमा राख्थे। तर परमेश्‍वरले त साधारण मानिसलाई उठाएर असाधारण काम गर्नुहुन्छ।

मत्ती १४:१३-२१ मा एउटा उदाहरण हेरौं

जब येशूले यो सुन्‍नुभयो उहाँ डुङ्गामा चढी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीडले शहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीडलाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, "यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीडलाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्। "तर येशूले तिनीहरूलाई भन्‍नुभयो "तिनीहरूलाई जानु आवश्यक छैन।" तिमीहरूले नै यिनीहरूलाई खान देओ।" तिनीहरूले उहाँलाई भने, "यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्। "तब उहाँले भन्‍नुभयो, "ती मकहाँ ल्याओ।" उहाँले भीडलाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।

यस खण्डमा भीडलाई भोक लागेको कुरा चेलाहरूले महसुस गरिसकेका छन्। र केही त गर्नै पर्‍यो भनेर भीडलाई अब खाना किनेर खानलाई बिदा गर्न उनीहरूले विचार गर्दै थिए। तर प्रभु येशूले अर्कै विचार गर्दै हुनुहुन्थ्यो। येशूले भन्‍नुभयो 'तिमीहरूले नै यिनीहरूलाई खान देउ।' यो वडो अचम्मको र मानवीय रुपमा असम्भव कुरा थियो।

आज हामी यिनै चेला जस्तै छौं, असम्भव देख्छौं। तर चेलाहरू आज्ञाकारी र इमान्दार भए र ५००० भन्दा बढीलाई खाना खुवाउन मात्र होइन तर प्रशस्त उबार्न पनि सफल भए।

सर्वप्रथम त साधारण चेलाहरूले हजारौं मानिसलाई खाना खुवाउन भन्‍ने परमेश्‍वरको इच्छा थियो। गरीबी, अन्याय र थिचोमिचोमा परेकामा मानिसलाई उद्धार गर्न परमेश्‍वरले साधारण मानिसहरूलाई छान्‍नुभएको छ। परमेश्‍वरले जे उपलब्ध छ त्यही वस्तु, सेवा र वरदान प्रयोग गरी काम गर्न चाहनुहुन्छ। महत्वपूर्ण अर्को कुरा के छ भने प्राप्‍त भएको अत्यन्तै थोरै र नगन्य खानेकुरा राखेर येशूले प्रार्थना गर्नुभयो।

यस खण्डमा प्रभु येशूले असम्भवलाई सम्भव बनाउनुभयो र हाम्रो लागि एउटा उत्कृष्‍ट उदाहरण छोडिदिनुभयो।

आज हाम्रो देशको दुर्गतिको अगाडि यो शिक्षाको के महत्व छ त? हाम्रो अहिलेको परिप्रेक्षमा हामीले यो खण्ड पढेर, बुझेर के गर्ने? यी उत्तम प्रश्‍नहरू हुन्।

देश यदी सकारात्मक परिवर्तनतर्फ लाने हो भने आज आइटीन पाठ्यक्रम पढ्ने हरेक व्यक्ति येशूका चेला जस्तै इमान्दार र आज्ञाकारी भएर आफूमा भएको साधन, श्रोत, ज्ञान, क्षमता प्रभुको अगाडि राखिदिनुपर्छ र असम्भव कार्यको लागि यी नै कुरा प्रयोग गरी समाधान होस् भनी प्रार्थना गर्नुपर्छ। त्यसको साथ साथै चेलाहरूले रोटी र माछा बाँडेझै दिलोज्यानले काम गर्नुपर्छ।

अब देशको परिवर्तन गर्न कुनै बाद, सिद्धान्त, राजनैतिक नेता वा पार्टी होइन तर हरेक ख्रीष्‍टका साँचो चेलाहरू अगाडि बढ्नुपर्छ।



 
गवाहीहरू PDF  | Print |  E-mail

यहाँ हाम्रा विद्यार्थीका गवाहीहरु राखिने छ।

 
आइटीन चौतारी PDF  | Print |  E-mail

हाम्रो विद्यार्थीहरुको गवाही, आशिष तथा अन्य कुराहरु राख्‍ने साझा थलो आइटीन चौतारी हो।