Institute for Theological Education by Extention in Nepal

Bible College at Home

ADVERTISE HERE 160*600

FAQ

What do we do?
Evangelistic, Discipleship and Leadership training using TEE Materials. Publication of Christian Literatures & Books.

Where do we work?
All over Nepal and beyond.

How does it work?
6 full time staff supports 250 tutors. 250 Volunteer tutors’ runs 400 groups, 3000 students learn in 400 groups.

Who are the students?
Our students are from just literate village women to Pastors,  Bishops and Ph.D. holders.

How do they learn?
Each tutor takes tutor’s training. They form a group of 4-10 people. All of them get study books and tutor gets a tutor’s manual in addition. They learn at home from the book. Share it in the group meeting. Apply it in the church and community.

How much does it cost?
Rs750( $10, £6, Euro€8 ) per year per students

Can students pay this amount?
No, not most of them. The course are subsidized so that they only have to pay about Rs100 a year.

Where does the rest of the fund come from?
Offering from students and tutors, Donor organizations, Churches, Partners and friends.

YOU CAN BE ONE OF THEM.

ITEEN,
P.O.Box 8975, EPC 647 Kathmandu,  Nepal
Tel 00977 1 5590730
Email us

 

 

15th March 2008

ITEEN GRADUATION, KATHMANDU

मीन थापा, रामघाट मण्डली पोखरा , हाल काठमण्डौ

Download full report

On this rock I will build my Church, and the gates of Hades will not overcome it.

Matthew 16:18

ITEEN tutors in Kathmandu Valley organized a Graduation Ceremony for the students who completed certain number of courses successfully.

The program was organized by tutor themselves. 160 students were graduated on 15th of March 2008.

Mr. Narayan Khadka, one of the tutors led the ceremony. Praise and worship was led by the choir group from Nawajeevan Church. The program was started by a prayer led by Pastor Ambar Thapa.

Rev. Pastor Dr. Mangal Man Maharjan, Rev. Bal Krishna Sharma, Rev. Pastor Suman Gurung distributed the certificates. ITEEN Director Tanka Subedi led the Graduation. ITEEN International Director Mr. Peter Bisset shaded light on the work of ITEEN International.

Pastor Robert Karthak encouraged all the Students, Tutors' & leaders by sharing from the word of God and dedicating prayer.

Rev. K.P. Devkota, Dean of Studies congratulated all the graduates and appreciated the ITEEN staff for their hard and faithful work. Mrs. Rita Subedi read out the congratulation message from Mr. Machindra Tawa Nepali Overseas Christian Fellowship UAE. The Program concluded with a prayer by Rev. Dr. Narayan Maharjan, General Secretary of National Churches Fellowship of Nepal (NCFN).

उपत्यका दीक्षान्त समारोह र आइटीन

" म मेरो मण्डली यस जीवित चट्टानमाथि स्थापना गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।" मत्ती १६:१८

नेपाल जस्तो अति गरीब देश भएकोले यहां हरेक व्यक्तिले प्रत्येक दिन आफू लगायत आफ्नो परिवारको रोजी रोटीको व्यवस्था गर्नै पर्ने र भ्याई नभ्याई मण्डलीमा सेवकाइ पनि गर्नुपर्ने बाध्यता छ। यथार्थमा यी बाध्यताहरूलाई चटक्क पन्छयाएर देश - विदेशमा रहेका बाईबल स्कुलमा गई अध्ययन गर्ने चाहना हामी मध्ये धेरै जनाको लागि त सपनाका कुरो मात्रै भएको छ।

यही तथ्यलाई आत्मासात गरी " घरघरै बाइवल कलेज" को अवधारणा लिएर आजभन्दा करीब १२ बर्षअगाडि, झण्डै ५५ बर्षको इतिहास बोकेको नेपाली मण्डलीका विस्वासीहरूलाई, परमेश्वरको वचन सम्बन्धी पाठ्यक्रम लिएर वचनको गहिरो शिक्षा प्रदान गर्ने र विस्वासीहरूलाई अगुवापन क्षेत्रमा विकास गर्ने, यस देशका मण्डलीलाई सुदृढ बनाउने र नेपाल जस्तो हिन्दू राष्ट्रमा परमेश्वरको महिमा गर्ने लक्ष्य लिएर आईटिन शुरु भएको तथ्य त हामी सबैलाई विदितै छ। यसका साथै स्थापनाकालदेखि आजसम्म नेपालमा रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल पहाडदेखि तराईसम्म रहेका विभिन्न मण्डलीमा अगुवापन विकास कार्यमा आईटिनले खेलेको भूमिकाको पनि वर्णनगरिरहनु पर्दैन।

सोही उद्देश्य अनुरुप काठमाण्डौ उपत्यका तथा उपत्यका बाहिरका मण्डलीहरूमा आईटिनका पाठ्यक्रमहरू सा - साना झुण्डहरूमा संचालन भईरहेका छन्। यी साना झूण्डहरू मध्ये काठमाण्डौ उपत्यका भित्रका विभिन्न मण्डलीहरूमा आईटिनका पाठ्यक्रम अध्ययन गरी विभिन्न तहमा उतिर्ण भएका विद्यार्थी झुण्डहरूद्वारा ललितपुर स्थित स्तुति प्रशंसा मण्डलीमा गत मिति २०६४ चैत्र २ गतेका दिन दीक्षान्त समारोह आयोजना गरिएको थियो।

आइटीनका विद्यार्थी श्री नारायण खड्काले संचालन गर्नुभएको सो कार्यक्रम , नवजीवन मण्डलीका भाइ- बहिनीहरूद्वारा अगुवाई गरिएका आराधना, स्तुति प्रशंसा मण्डलीका पाष्टर श्री अम्बर थापाको प्रार्थना कार्यक्रम आइटीनका शिक्षकहरूद्वारा आयोजित थियो र बाँकी समय शिक्षकहरूबाट आइटीनलाई दिइएको थियो।

नेपाली ख्रीष्टिय मण्डली अब दुध मात्रै पिउने होइन तर खँदिलो भोजन पनि खान सक्ने हुनु पर्दछ जसको लागि आइटीनले ज्यादै महत्वपूर्णभूमिका खेलेको छ भन्ने परेश्वरको वचनको प्रकाश आदरणीय तथा सम्मानीय पाष्टर श्री रोबर्ट कार्थक ज्यूले पार्नुभएको थियो। हुन पनि एउटा उदाहरणीय तथा सन्तुलित ख्रीष्टिय जीवन जीउनको लागि प्रार्थना , पवित्र आत्माको शक्ति र वचनको ज्ञान यी तीनै कुराको उत्तिकै रुपमा अति आवश्यक छ।


July 25 2007

आइटीन दिव

-भुवन देवकोट


d
d

       यही २५ जुलाइ, २००७, बुधबार अर्थात् श्रावण ९, २०६४ का दिन आइटीन कार्यालयमा आशिष् खड्काले स्तुति प्रशंसामा अगुवाइ गरेपछि आइटीनको बाह्र वर्षे इतिहासमा प्रथम वाषिर्क साधारण सभा सुरु भयो ।
Prem B Raiनेपालको मण्डलीलाई वचनको सरल र खँदिलो शिक्षा दिने दर्शनका साथ सुरु भएको आइटीनले हिमालदेखि तराई, पूर्व मेचीदेखि महाकालीसम्मका मण्डलीहरू मात्र होइन, देशबाहिरका नेपाली मण्डलीहरूलाई पनि आफ्ना पाठ्यक्रमद्बारा वचन खुवाउन थालिसकेको छ।आइटीनले सुरुमा सेआन नेपालको नामबाट प्रेम ब. राईलाई पहिलो अध्यक्ष र पिटर बिसेटलाई सचिव बनाएर कार्यक्रम सुरु गरेको थियो।
कार्यक्रमको सुरुमा आइटीन बोर्डका अध्यक्ष प्रेम ब. राईले आइटीनको सुरुवात र स्थापनाको पृष्ठभूमि र उद्देश्य स्मरण गर्दै आइटीन किशोर अवस्थामा पुगेको कुरा गर्नुभयो।आजको दिनलाई एबेन-एजर भन्दै अध्यक्ष राईले आइटीनको भोलिको लागि आजको भेटघाटले खाका तय गर्ने कुरा गर्नुभयो।
अध्यक्ष राईले अनुरोध गरेपछि सहभागी सबैले आफ्नो परिचय दिनुभयो।त्यसपछि अध्यक्षले सबैलाई स्वागत गर्नुभयो ।
आइटीनका निर्देशक टंक सुवेदीले समय दिएपछि आइटीनका पूर्व अध्यक्ष तथा सल्लाहकार बालकृष्ण शर्माले परमेश्वरको वचनबाट बाँड्नुभयो।"शिक्षाले परिवर्तन ल्याउँछ।मानवीय जीवनका चारवटा पक्षहरूमा येशूको विकास भएझैँ हाम्रो पनि विकास र वृद्धि हुनु आवश्यक छ," भन्दै रेभ. शर्माले व्यवहारिक र सैद्धान्तिक शिक्षाको बीचमा तालमेल ल्याउनु वर्तमान नेपालको मण्डलीको चुनौती हो भन्ने कुरामा जोड दिनुभयो ।Dr. Simon Pandey
त्यसपछि आइटीनका निर्देशक टंक सुवेदीले १४ वर्षअघि बेलायती मिशनरी पिटर बिसेटले सेआनको किताब देखाएपछि अनुवाद सुरु भएको कुरा स्मरण गर्नुभयो।त्यसपछि आइटीन अन्तराष्ट्रियका निर्देशक पिटर बिसेटले बेलायतबाट लेख्नुभएको इमेल रीता सुवेदीले वाचन गर्नुभयो।
त्यसपछि आइटीनका सचिव र कोषाध्यक्षको अनुपस्थितिमा निर्देशक टंक सुवेदीले आइटीनको गत जनवरीदेखि हालसम्म गरिएका कार्यक्रमहरूको सामान्य प्रतिवेदनन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
गत छ महिनाको अवधिमा छ वटा साधारण शिक्षक तालिम, एउटा विशेष तालिम र पाँचजना पास्टरहरूले आइटीनको बारेमा जानकारी लिएका थिए।
आइटीनले सैंबु गा.वि.स., ललितपुरमा तीनतले घर किनेको थियो।सो घर कार्यालय प्रयोजनको लागि सानो भएकोले मर्मत सम्भार गरी क्रय मूल्यभन्दा बढीमा विक्री गरेर आएको पैसाले अर्को ठाउँमा पाए घर नभए जग्गा किनेर घर बनाउने र सो काम डिसेम्बर भित्र सिध्याउने प्रयास भएको जानकारी पनि दिइयो ।
आशिष्‌को थैलीबाट रु.१४,२४९ देशभित्रैबाट संकलन गरिनु संस्थाको स्वावलम्बनतिर बढेको कदम हो।आइटीनको वेबसाइट सुरु भएको साथै ITEEI dको बारेमा सामान्य परिचय पनि दिइयो।पूर्वोत्तर भारतका नेपाली मण्डलीहरूमा आइटीनको पाठ्यक्रम सञ्चालको लागि लोक गुरुङको अध्यक्षतामा केही समयअघि ITEEI को गठन भएको छ।हाल रोधा थापा ITEEI को कार्यकर्ताको रूपमा आसाममा र अन्य क्षेत्रहरूमा कार्यरत हुनुहुन्छ।त्यसैगरी खाडी देशहरूमा भएका नेपाली मण्डलीहरूको साझा संगति ENCA ले पनि त्यस क्षेत्रका देशहरूमा झुण्डहरू सञ्चालन गरेको र आगामी अक्टोवरमा मलेशियामा हुने भ्रमणबाट त्यहाँ पनि पाठ्यक्रम सुरु हुने जानकारी दिइयो।
त्यसपछि राष्ट्रिय निर्देशकले गत जनवरीदेखि जुनसम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।निर्देशक सुवेदीले Tear Fund UK ले सहयोग घटाउने जानकारी र आशिषको थैलीलाई प्रवर्द्धन गरिदिन अनुरोध पनि गर्नुभयो।
देशका ४३ वटा जिल्लामा करिब ३००० विद्यार्थीहरूले आइटीनका पाठ्यक्रम अध्ययन गरिरहेका र मण्डलीलाई धेरै आशिष् पुगेको छ ।
साधारणसभा सदस्यको फारमको जानकारी दिएपछि बोर्डले सदस्यता शुल्क नलिने निर्णय गरेको जानकारी पनि निर्देशकले दिएर मासिक वा एकपटक भेटी दिन अनुरोध गर्नुभयो ।
Rita Subediआइटीनलाई नेपाल सरकारमा दर्ता गर्नुपर्ने विषयको प्रस्ताव निर्देशक टंक सुवेदीले ल्याउनुभयो ।
त्यसपछि जीत घलेले MBA दर्ता भएको उल्लेख गर्दै आइटीन पनि दर्ता गर्न सकिने र गर्नुपर्ने सल्लाह दिनुभयो।आइटीनलाई गुठियारको रूपमा दर्ता गर्नुपर्ने सुझाव उहाँको थियो।रेभ.बालकृष्ण शर्मा र प्रेम ब. राईले पनि गुठियारमा दर्ता हुन असल हुने सल्लाह दिनुभयो।सभाले प्रतिवेदन, योजना र दर्ताको प्रक्रियालाई अनुमोदन गर्‍यो।एन.जी.ओ., गुठियार वा अन्य ठाउँमा दर्ताको लागि निर्णय र पहल गर्ने अधिकार साधारण सभाले बोर्डलाई दियो ।
जेम्स ल्होमीले एफ.एम.हरूबाट पाठ्यक्रम प्रसारण गरे राम्रो हुने सल्लाह दिनुभयो।सुदूरपश्चिमलाई केन्द्र बनाएर तालिम गर्नुपर्ने सुझाव पनि दिइयो।
"आजको दिनलाई आइटीन दिवस हो," भन्दै निर्देशक सुवेदीले रामघाट मण्डलीका एल्डर वेदी सुवेदीलाई प्रार्थना सञ्चालन गर्न समय दिनुभयो।सबैले मिलेर सबै कुराको लागि धन्यवाद चढाएपछि सबैले नै आइटीनका विविध विषयहरूमा प्रार्थना गर्नुभयो र त्यसको समाप्ति सुमित्रा गुरुङले गर्नुभयो ।
त्यसपछि निर्देशकले ENCA र HFB बाट पठाइएको शुभकामना सन्देशहरू सुनाउनुभयो।
अन्त्यमा रेभ.सिमोन पाण्डेले आइटीनको तालिम र पाठ्यक्रम बेग्लै र लाभदायक भएको कुरा बताउनुभयो।पिटर बिसेट आइटीनको दर्शन देख्ने व्यक्ति र निर्देशक टंक सुवेदीलाई आइटीनलाई सक्रिय नेतृत्व दिएकोमा रेभ.पाण्डेले प्रशंसा गर्नुभयो ।
रेभ.सिमोन पाण्डेले अन्तिम प्रार्थना गर्नुभयो र बैठक समाप्त भयो।सबै सहभागीहरू खानाको लागि छुट्टिए।
यसरी बाह्रवटा वर्षहरू सफलतापूर्वक सम्पन्न गरेको आइटीन अझै झाङ्गिंदै जावोस् भन्ने हाम्रो प्रार्थना

d

ADVERTISE HERE 336* 280